गुडिरहेको मोटरसाइकलबाट खसेर पोखरा बिरौटाकी एक महिला घाइते

गुडिरहेको मोटरसाइकलबाट खसेर पोखरा बिरौटाकी एक महिला घाइते

पोखरा – गुडिरहेको मोटरसाइकलबाट खसेर पोखराकी एक महिला घाइते भएकी छन् ।

मंगलबार स्याङ्गजाबाट पोखरा तर्फ आउंदै गरेको ग ६ प ९१०० नम्वरको मोटरसाइकलबाट खसेर पुतली बजार नगरपालिका -६ करेन्डाँडा घर भइ हाल पोखरा -१७ बिरौटा बस्ने ४७ वर्षीया गीता देवी लामिछाने घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडी सवार उनी पोखरा -२२ कालिमाटी भन्ने स्थानमा अचानक खस्न पुगेकी हुन् ।

घाइते गीता देवीको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds