पोखरा – गण्डकी प्रदेशमा आज (बुधबार) मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बिहान, दिउँसो र साँझको गरी ४ पटकको अद्यावधिक विवरण अनुसार प्रदेशका ६ जिल्लाका ४७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु कास्की, बाग्लुङ, तनहुँ, गोरखा, लमजुङ र नवलपुरका छन् । बुधबार मात्रै कास्कीको पोखरा महानगरपालिकामा २०, बाग्लुङमा ८, तनहुँमा ३, नवलपुरमा १२, गोरखामा १ जना र बिभिन्न जिल्लाबाट आई लमजुङमा कार्यरत ३ जना रहेका छन् । आज थप भएका संक्रमितसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १८१२ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का २३ देखि ३६ वर्ष उमेर समूहका १६ जना पुरुषमा संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका १६ जना सबै प्रहरी रहेको खुलेको छ । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलका अनुसार पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा बसेका प्रहरीमा कोरोना देखिएको हो । उनीहरु कार्यरत कार्यालय पोखरा ७ र स्याङ्जामा ड्युटी गरेर फर्किएपछि पोखरा ५ स्थित मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका थिए । सुरक्षाका लागि विभिन्न समयमा कास्कीबाट स्याङ्जामा गएका प्रहरीमा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा लगिएको थियो ।
त्यसैगरी, आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा-४ का ४७ वर्षीय पुरुष, पोखरा-२४ का १८ वर्षीय पुरुष तथा पोखरा-१२ का ३७ र ४० वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बागलुङको बागलुङ नगरपालिका-३ का ३ पुरुष र ३ जना महिलामा संक्रमण देखिएको छ भने लमजुङमा कार्यरत बडिगाड नगरपालिकाका २२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यसैगरी बडिगाडकै ३४ वर्षीय पुरुष र जैमिनीका २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
तनहुँको देवघाटका २७ वर्षीय पुरुष, गोरखाको पालुङटारका ५० वर्षीय पुरुष, लमजुङमा कार्यरत धादिङको गंगाजमुना गाउँपालिका र नवलपुरको कावासोती नगरपालिकाका ३२ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण देखिएको छ ।
यसअघि बिहान गण्डकीमा नवलपुरका १२ जना र तनहुँका २ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरुमध्ये केहीलाई आइसोलेसनमा राखिसकिएको छ भने अन्यलाई पनि लैजाने तयारी भइरहेको छ ।




सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा