तनहुँको शुक्लागण्डकी नगरपालिका १ हप्ता सिल: के-के गर्न पाईन्छ के पाईदैन ?

तनहुँको शुक्लागण्डकी नगरपालिका १ हप्ता सिल: के-के गर्न पाईन्छ के पाईदैन ?

Shuklagandaki MUN Tanahun

तनहुँ । तनहुँमा समुदायमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि शुक्लागण्डकी नगरपालिकामा अत्यावश्यकबाहेक सबै सबै सेवा तथा व्यवसाय बन्द हुने भएको छ ।

नगरपालिकामा बुधवार बसेको बैठकले भदौं ३ गते रातीदेखि लागू हुने गरी भदौं १० गते राती १२ बजेसम्म अतिआवश्यक बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

थप सङ्क्रमणबाट बच्न र बचाउन बैंक तथा वित्तिय संस्था, उद्योग कलकारखाना, व्यवसाय, सार्वजनिक तथा निजी संस्थाबाट प्रदान हुने सेवा, भौतिक निर्माणसँग सम्बन्धित ढुवानी तथा निर्माण कार्यहरु, सामाजिक संघ संस्थाले गर्ने कोभिड १९ नियन्त्रणका प्रयासहरु र अत्यावश्यक बाहेकका नियमित सेवाहरु बन्द हुने शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले बताए ।

यसबीचमा अत्यावश्यक सेवा, सरसफाई, स्वास्थ्य, विपद व्यवस्थापन, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक दुरी कायम गरी औषधी र औषधालय पसल, दुधजन्य सेवा सञ्चालन हुनेछन् । साथै एम्बुलेन्स, शववाहन, पानी, इन्धन, सरकारी प्लेका र प्रशासनबाट पास लिएका सवारी भने सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ