दुलेगौडाका सवारी चालकमा कोरोना पुष्टि भएपछि शुक्लागण्डकी र भिमादका १० वटा पसल सिल

दुलेगौडाका सवारी चालकमा कोरोना पुष्टि भएपछि शुक्लागण्डकी र भिमादका १० वटा पसल सिल

Sil

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा बुधबार कोराना पुष्टि भएका पुरुष सवारी चालक रहेको खुलेको छ । संक्रमण पुष्टि भएका पुरुष पुगेका शुक्लागण्डकी र भिमादका १० वटा पसल सिल गरिएको छ ।

दुलेगौंडाको एक व्यवसायीक फर्मका सवारी चालक पुगेका शुक्लागण्डकीका ८ र भिमादका २ पसल सिल गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

कास्कीका केहि पसलमा पनि पुगेको पुष्टि भएकाले बन्द गराउन कास्कीलाई पत्राचार गरिएको उनले बताए ।

उनका अनुसार कन्ट्याकट ट्रेसिङको काम पनि भईरहेको उनले जानकारी दिए। समुदायमा सङ्क्रमण देखिएकाले अत्यावश्यक काम नपरी घरबाट ननिस्कन उनले आग्रह गरेका छन् ।

समुदायमा संक्रमण देखिएपछि शुक्लागण्डकी नगरपालिकामा बुधबार राती १० बजेदेखि लागु हुनेगरी स्त्यावाश्यक काम बाहेक सेवा, व्यवसाय र सवारी साधन १ हप्ता बन्द गरिएको छ ।

दुलेगौंडामा बुधवार विहान वडा नं. ४ का २९ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि केहि सहकारीले सुचना निकालेर अनिश्चिकालीन सेवा बन्द गरिसकेका छन् । मंगलवारको तुलनामा कम मात्रामा पसलहरु खुलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ