पोखरा -५ र ८ का ३ सहित गण्डकीमा थप ६ नयाँ संक्रमित फेला

पोखरा -५ र ८ का ३ सहित गण्डकीमा थप ६ नयाँ संक्रमित फेला

Pokhara gono

पोखरा – बिहिबार थप भएका ६ नयाँ संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १८१८ पुगेको छ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा गण्डकी प्रदेशका तीन जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितहरु कास्की, तनहुँ, र स्याङ्गजाका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -५ का १४ वर्षीय किशोर सहित १६ वर्षीया किशोरी र पोखरा -८ का ४२ वर्षीया महिलाको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै तनहुँको भानु नगरपालिका वडा नं ६ का ३७ वर्षीय पुरुष, र २८ वर्षीय (वडा नखुलेको) पुरुषमा कोरोना पुष्टि भएको छ ।

उता स्याङ्गजाको गल्याङ नगरपालिकाकी ४० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ