तनहुँ । तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको भानु नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहिबार थपिएका संक्रमित भानु-६ का ३७ वर्षीय एकजना पुरुष हुन भने अर्को ठेगाना नखुलेको भानु मै कार्यरत २८ वर्षीय पुरुष हुन ।
स्वाब दिएपछि उनीहरु आफ्नै घर र भन्सार प्रहरी चौकीको क्वारेन्टिनमा बसेका थिए । संक्रमित मध्य २८ वर्षीय पुरुष प्रहरी हुन भने ३७ वर्षीय पुरुष निर्माण व्यवसायी हुन ।
गत साउन ३२ गते भानु नगरपालिकाले कन्ट्याकट ट्रेसिङका आधारमा १२६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागी पठाएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
उनले भने ‘आज आएको रिपोर्ट त्यही मध्यको हो ।’ अन्यको भने रिपोर्ट नआएको भट्टराईले जानकारी दिए ।
उनीहरु मध्य प्रहरीलाई दमौली अस्पतालको आइसोलेसन क्रियापुत्री भवनमा र अर्का निर्माण व्यवसायीलाई भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा राख्ने तयारी भईरहेको छ ।
योसंगै भानु नगरपालिकामा समुदायका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अहिलेसम्म भानु नगरपालिकामा कोरोना संक्रमितको संख्या ३३ जना पुगेको छ ।

सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण