तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले भोलि शुक्रबार भदौ ५ गतेदेखि एक हप्ता सिल गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि भदौ १२ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।
समुदायस्तरमा कोरोनाको संक्रमण फैलने जोखिम भएकाले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन गाउँवासीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आग्रह गरेकी छिन ।
जिल्लाको अन्य पालिकाहरुमा समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि म्याग्दे गाउँपालिका पनि जोखिममा परेको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा एक हप्तालाई बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।
के के संचालन गर्न पाईन्छ ?
बिरामी ओसारपसार गर्ने एम्बुलेन्स, सवारी साधन, औषधि विक्रीवितरण एवं औषधि ढुवानी सेवा, मलामी, किरियापुत्रीलाई किरिया बस्ने स्थानसम्म पुर्याउने सवारीसाधन, विद्युत, सञ्चार, खानेपानी आपूर्तिलाई सुचारु गर्न खटिने प्राविधिकको आवतजावत, स्वास्थ्य तथा अत्यावश्यक सेवामा खटिने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको आवतजावत, पशुपंक्षीको दाना, तरकारी, फलफूल, दूध र दूग्धजन्य उत्पादनका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।
के पाईदैन ?
यस अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न, अनावश्यक भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न, बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने विद्युतीय कारोवार र एटिएम बाहेकका अन्य सेवा, अत्यावश्यक सेवा बाहेकका अन्य सेवा, उद्योग, कलकारखाना, यात्रुवाहक सार्वजनिक र निजी सवारी साधन सञ्चालन गर्न पाइनेछैन ।
साथै होटल, बिजुली पसल, मोवाइल पसल, हार्डवेयर, ग्यारेज, हेयरकटिङ, व्युटीपार्लर, भाडा पसल, फुटपाथ पसल, सबै प्रकारका शैक्षिक संस्था एवं तालीम तथा प्रशिक्षण केन्द्र पनि बन्द रहनेछन् ।

सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’