पोखरा – कास्की प्रहरीले लागु औषध सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -२७ ज्यामिरेकुना घर भै हाल अर्घौचोक बस्ने वर्ष २३ का सन्दिप विक र पोखरा -२७ कालिगण्डकी बस्ने वर्ष २९ का किशोर तिमिल्सिना रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पोखराको बिभिन्न स्थानमा लागु औषध गाँजाको बिक्री वितरण तथा ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाका आधारमा भाद्र ४ गते बिहिबार अन्दाजी ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरीको टोलीले गरेको चेकजांचका क्रममा ग ५ प ५८७९ नम्वरको मोटरसाइकलबाट २० ग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु दुबै माटोको ठेक्का सम्बन्धी काम गर्ने बुझिएको छ ।
पक्राउ परेका उनीहरु माथि थप सोधपुछका क्रममा घरको कोठामा समेत गाँजा राखेको बताएपछि प्रहरीले उनीहरुको कोठामा खान तलासी गर्दा सन्दिप विकको कोठाबाट १ किलो ४४० ग्राम गाँजा वरामद गरेको थियो । साथै, प्रहरीले उनीहरुको साथबाट २ थान मोवाइल सहित प्रयोग गर्दै आएको उक्त VR मोटरसाइकल समेत नियन्त्रमा लिएको छ ।
पक्राउ परेका उनीहरु माथि लागु औषध नियन्त्रण ऐन २०३३ विपरितको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?