गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कमला राना मगर / नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालकाे अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । यस अस्पतालमा उपचाररत एक जना बिरामी मा काेराेना भाइरस पाेजेटिभ देखिएपछि आज ( शुक्रबार ) देखि भाद्र ८ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।
संक्रमित बिरामीसंग सम्पर्कमा आएका स्वास्थ्यकर्मी, कर्मचारी सबैको पिसिआर परिक्षण गरि रिपोर्ट नआएसम्म का लागि सेवा बन्द गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति जारि गरी जानकारी गराइ एको छ । त्यस्तै नवलपुरमा शुक्रबार एकैदिन २० जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।
जसमा सबैभन्दा धेरै विनयि त्रिवेणि गाउँ पालिकामा १८ जना रहेका छन् भने कावासाेती नगरपालिका र गैडाकाेट नगरपालिकाका १/१ जना रहेका छन् । विनयि त्रिवेणी गाउँ पालिकामा शुक्रबार थपिएका संक्रमितमा स्वास्थ्यकर्मी समेत रहेको स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेले बताएका छन् ।
सम्बन्धित खबर
पानीले धान भिज्यो, उत्पादन घट्ने
कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
सुस्तामा बन्यो पुल, राष्ट्रपतिद्वारा उद्घाटन
बाँदर आतंकले गाउँ रित्तियो
मन्त्री बनेपछि गृह जिल्लामा पद्मा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते