पाेखरा महानगरपालिकामा एक घण्टा नबित्दै १३ जना काेराेना संक्रमित थपिएका छन् । निर्देशनालयले जारी गरेकाे बिहान ११ बजेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ ।
यसअघि, आज पहिलाे विवरण अनुसार बिहान १० बजे पाेखराका ३ सहित गण्डकीमा ११ जना संक्रमित थपिएका थिए ।
कास्कीको पोखरा महानगरपालिका वडा नं – ४ का २२ र २३ बर्षीय पुरुष, वडा नं – ५ का ३४ बर्षीय पुरुष, वडा नं – ६ का ३४ र ६१ बर्षीय पुरुष, वडा नं – ८ का १९, २४, ४४ बर्षीय महिला र १६ बर्षीय पुरुष, वडा नं – ९ का ३५ बर्षीय पुरुष, वडा नं – १६ का ३० बर्षीय पुरुष, वडा नं – २७ का ३० बर्षीय पुरुष, वडा नं – ३० का बर्षीय महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
एक घण्टा अघि मात्रै पोखरा महानगरपालिका वडा नं (९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका, पोखरा–४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जानकारी दिएको छ ।
|

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ