पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

western regional hospita

पोखरा – पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

३९ वर्षीय उक्त पुरुष स्वास्थ्यकर्मी प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत रहँदै आएको र उनको सोही प्रतिष्ठानको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । केहीदिन देखि होटल क्वारेन्टाइनमा रहेका उनलाई अहिले प्रतिष्ठानको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८८० पुगेको छ ।

गण्डकी प्रदेशमा गत २४ घण्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० र क्षयरोग उपचार केन्द्र पोखरामा ३६३ गरी कुल ४१३ नमुना परिक्षण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ