कास्कीमा भदौ २ गते रातिदेखि जारी निषेधाज्ञा १२ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गर्दै पाँच दिनसम्म बन्द रहेको बैंक तथा बित्तिय संस्था अब सुरक्षित हिसाबले खोल्न दिने भएको छ । तर, सहकारी भने खोल्न पाइने छैन ।
थप गरिएको निषेधाज्ञाको समयमा न्युनतम कर्मचारीहरुको उपस्थितिमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी पूर्ण सावधानी अपनाएर सम्पूर्ण सरकारी कार्यालयहरु, अत्यावश्यक सेवा संचालन गर्ने कार्यालय तथा संस्थानहरु खोल्न पाइने प्रशासनको विज्ञप्तीमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित हिसाबले संचालन गर्ने सकिने बताएको छ । तर सहकारीहरु भने खुल्न नपाउने प्रशासनले जनाएको छ । औषधी पसलहरु लगाएत अन्य अत्यावश्यक सेवाहरु पनि सञ्चालन गर्न पाइनेछ । क्वारेन्टिनका लागि तोकिएका होटल बाहेकका सबै होटल तथा रेष्टुरेन्टहरु बन्द हुनेछन् ।
बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजे सम्मका लागि खाद्यान्न, तरकारी, फलफुल, माछा, मासु, दुध तथा डेरी जन्यका सेवाहरु पनि सञ्चालन गर्न पाइनेछ । हार्डवेयर भने दिनको २ घन्टा खोल्न पाइनेछ । हार्डवेयर साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइनेछ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?