तनहुँको व्यास नगरपालिकामा थप ५ दिन लकडाउन

तनहुँको व्यास नगरपालिकामा थप ५ दिन लकडाउन

Vyas Nagarpalika

तनहुँ । तनहुँको व्यास नगरपालिकामा थप ५ दिन लकडाउन गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार दिउँसो बसेको बैठकले आगामि भदौ १२ गते राति १२ बजेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले थप ५ दिनका लागि लकडाउन लम्ब्याइएको व्यास नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले गत भदौ १ गतेदेखि ७ गते दिउँसो १२ बजेसम्म लकडाउन गरेको थियो ।

लकडाउन अवधिभर औषधिजन्य व्यापार तथा निजी स्वास्थ्य संस्थाहरु, दूध उपलब्ध गराउने बाहेकका अन्य सम्पूर्ण व्यापार व्यवसाय, उद्योग, कलकारखाना र सार्वजनिक यातायातका सवारी साधन बन्द रहनेछन् ।

व्यास नगर क्षेत्रभित्रका बैङ्कहरुको एटिएम सेवा र आन्तरिक कार्य बाहेक अन्य सबै सेवा बन्द हुने र लकडाउन अवधिमा वडा कार्यालयका अत्यावश्यक काम र विकास निर्माणका कामलाई भने निरन्तरता दिने निर्णय भएको छ ।

कोभिड–१९ को संक्रमण उच्च जोखिम रहेका क्षेत्रमा पीसीआर परीक्षणको दायरा बढाउने र पीसीआर गरिएका व्यक्तिहरुलाई रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न नगरपालिकाले अनुरोध छ ।

व्यास-१ क्षेत्रको पीसीआर रिपोर्ट नआएको र कोरोनाको जोखिम समुदायमा कायमै रहेको भन्दै सामाजिक संजाल फेसबुकमा नगरपालिकाले अझै केहि समय लकडाउन गर्नुपर्ने विषयमा बहस समेत भएको थियो ।

सामाजिक संजालमा तिव्र बहस र केहि विरोध हुन थालेसंगै व्यास नगरपालिकाले आइतबार आकास्मिक बैठक गरेको थियो । सोहि बैठकले थप ५ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

आइतबार दिउँसो १२ बजेबाट लकडाउन सकिएपछि दमौली बजारका अधिकांश पसलहरु खुलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds