तनहुँ र स्याङ्जामा नेपाल आर्मी, म्याग्दीमा एक प्रहरी सहित थप ८ जनामा कोरोना पुष्टि

तनहुँ र स्याङ्जामा नेपाल आर्मी, म्याग्दीमा एक प्रहरी सहित थप ८ जनामा कोरोना पुष्टि

Corona Positive

पोखरा – सोमबार बिहान गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको सोमबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु नवलपुर, तनहुँ, स्याङ्गजा, बाग्लुङ र म्याग्दीका  छन् ।

नवलपुरको बिनय त्रिबेणी गाउँपालिका -१ का ६ वर्षीया बालिका सहित २८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

तनहुँको ब्यास र शुक्लागण्डकी नगरपालिकामा क्रमश: वडा नं -५ र ४ का २६ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता बाग्लुङ नगरपालिका -२ का २० /२० वर्षका दुई युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

म्याग्दीको बेनी नगरपालिकाका २० वर्षीय (वडा नखुलेको) युवक र स्याङ्गजाको पुतलीबजार नगरपालिकाका ३७ वर्षीय (वडा नखुलेको) पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

जसमध्ये स्याङ्जाका १ जना संक्रमित र तनहुँ ब्यासका १ संक्रमित गरी कूल २ जना  संक्रमित नेपाल आर्मीमा कार्यरत रहेको खुलेको छ भने, म्याग्दीमा पुष्टि भएका अर्का संक्रमित नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकीमा संक्रमितको कूल संख्या १८८८ पुगेको छ । जसमा १६१२ अर्थात् ८५.३८ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।

संक्रमित सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङका क्रममा नमुना स्वाब दिएर बसेका हुन् । उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

    

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ