तनहुँको व्यास नगरपालिकाको १३३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

तनहुँको व्यास नगरपालिकाको १३३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

Swab Collection Vyas Shanti R wagle

तनहुँ । तनहुँको व्यास नगरपालिकाको १३३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

गत भदौ ३ गते बुधबार १३४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइको थियो ।

जसमध्ये १३३ जनाको रिपोर्ट नेगेटिभ र १ जनाको भने पोजेटिभ आएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

सोमबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको व्यास-५ का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

संकमित व्यास-५ चापाघाटस्थित कालीभञ्जन गण (ई)मा कार्यरत नेपालि सेनाका हुन् । उनि केहि समय अघि छुट्टिमा गएर फर्किएको व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।

उनले भने ‘आजका संक्रमित सेना गण फर्किएर स्वाब दिएपछि छुट्टै क्वारेन्टिनमा बसिरहेका थिए ।’

स्वाब परीक्षण गरिएका १३४ मध्ये उनको मात्र सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।

व्यास नगरपालिकाले गरेको स्वाब संकलनमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, युवा व्यवसायी प्रकाशचन्द्र हड्खले र थापा मेडिकलका संचालक, व्यास-१ अम्रेनी, रतौली लगायतका स्थानिय, दमौलीका बैंक तथा वित्तीय संस्थाका कर्मचारी, तनहुँ उद्योग वाणिज्य संघका पदाधिकारी, संचारकर्मी, व्यवसायीको पनि पीसीआर रिपोर्ट नगेटिभ आएको व्यास नगरपालिकाले जनाएको छ ।

तस्बिर : मदन तिमल्सेना

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds