तनहुँको शुक्लागण्डकीमा कन्ट्याक ट्रेसिङ: ५८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

तनहुँको शुक्लागण्डकीमा कन्ट्याक ट्रेसिङ: ५८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

Swab collection Shuklagandaki

तनहुँ । तनहुँको शुक्लागण्डकीमा कन्ट्याक ट्रेसिङमा परेका ५८ जनाको कोरोना भाईरस (कोभिड १९) रिपोर्ट नेगेटिभ आएको छ ।

दुलेगौंडामा गत शनिबार संकलन गरिएको स्वाबको नतिजा सोमबार आएको हो ।

गत बुधबार दुलेगौंडाको एक डिपार्टमेन्टल स्टोरमा कार्यरत २९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुरुषको सम्पर्कमा रहेका पसल, हस्पिटल, मेडिकल र डिपार्टमेन्टल स्टोरका गरी ५९ जनाको पीसीआर परिक्षणका लागि पोखरा पठाइएको थियो ।

जसमध्ये एक जनाको पीसीआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ भने अन्य ५८ जनाको नतिजा नेगेटिभ आएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds