पोखराका चार जनामा कोरोना संक्रमण पुष्टि

पोखराका चार जनामा कोरोना संक्रमण पुष्टि

Pokhara valleyy

पोखरा – मंगलबार बिहानै पोखराका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरु पोखरा महानगरपालिका वडा नं -१३ का ३० /३० वर्षका दुई पुरुष, पोखरा -२८ का ३४ वर्षीय पुरुष र पोखरा -२९ का ३६ वर्षीया महिला रहेको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये पोखरा -१३ का दुई जना भारतबाट आएका हुन् भने, अन्य दुई जना कन्ट्याक्ट ट्रेसिङका क्रममा नमुना स्वाब दिएर बसेका हुन् ।

यो सहित गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८९५ पुगेको छ । जसमा १६३९ जना संक्रमणबाट मुक्त भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds