तनहुँको भानु नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै समुदायका व्यक्ति

तनहुँको भानु नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै समुदायका व्यक्ति

Corona update 4

तनहुँ । तनहुँको भानु नगरपालिकाका ६ जना कोरोना संक्रमण पुष्टिभएको छ ।

भानु नगरपालिका वडा नं १ का ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आज थपिएका ६ जना संक्रमित मध्य २ जना पुरुष र ४ जना महिला हुन ।

भानु नगरपालिका वडा नं १ का ४६ र ६३ वर्षीय पुरुष र ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

मंगलबार थपिएका सबै समुदायका व्यक्ति हुन् ।

कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब पठाइएकामा ६ जनामा पोजिटिभ देखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

भानुमा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

केहिसमय अघि भानु नगरपालिका-१ का ३४ वर्षीय एक पुरुषमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट भानु नगरपालिका वडा नं १ कै २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds