ईञ्जिनियहरुको पेशागत संस्था सेण्टर फर डेमोक्रेटिक ईञ्जिनियर्स नेपाल (सीडेन) गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटै जिल्लामा जिल्ला समिति बिस्तार गरेको छ ।
गण्डकी प्रदेशको समितिको निर्णय अनुसार प्रत्येक जिल्लामा कमिटी निर्माण गर्ने निर्णय भएपछि संगठन बिस्तार भएको हो। कास्की जिल्लामा इं. शिरष बास्तोला, तनहुँमा ई. तारापति भट्टराई, बाग्लुङमा ई. नवीन सापकोटा, गोर्खामा ई. सुमन गिरी, लमजुङमा ई. दिपेन्द्र रावल, स्याङ्जामा ई. सुमन पाण्डे ,पर्बतमा ई. मञ्जु शिलाकार, म्याग्दिमा ई. अमिर श्रेष्ठ, मुस्ताङमा ई. सुबास घिमिरे, मनाङमा ई. सबिन धिताल र नवलपुरमा ई. बिनोद अर्यालको नेतृत्वमा कमिटी निर्माण गरिएको छ ।
संगठन बिस्तार सहज रुपमा भएको र आउँदा दिनमा संस्थालाई चलायमान र अझै मझबुत बनाउन संगठन बिस्तार गरिएको गण्डकी प्रदेश सभापति ई. सुरेन्द्र पाण्डेले बताए ।
सिडेन गण्डकीका सचिब ई. सन्तोष जिसीले समुन्नत समाज निर्माण गर्न अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता गराउँदै आउँदा दिनमा सिडेन गण्डकीलाई अझै सशक्त ढंगले अगाडि बढाउन सिडेनको जिल्ला कार्यसमिति बिस्तार गरिएको र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो