चितवन । रोटरी क्लब अफ चितवनले अग्रपंक्तिमा कार्यरत डाक्टरलाई फेस शिल्ड र मास्क वितरण गरेको छ ।
रोट्रयाक्ट क्लब अफ चितवन र प्रोटेक नेपालको साझेदारीमा सोमबार पुरानो मेडिकल कलेजमा कार्यरत सप्पूर्ण इन्टर्न डाक्टरहरू लाई फेस शिल्ड र मास्क वितरण गरेको हो ।
उक्त उपकरणले अग्रपंक्तिमा कार्यरत सम्पूर्णलाई कोभिड १९ विरुद्ध लड्ने हौसला र सुरक्षा प्रदान गर्ने क्लबका अध्यक्ष रोशन पियाले जानकारी दिए ।
दैनिक रुपमा बढिरहेको कोरोना संक्रमितको संख्याका कारण हटस्पोट बन्दै गएको पुरानो मेडिकल कलेजमा कार्यरत डाक्टरलाई सहयोग होस भनेर उक्त सामग्री हस्तान्तरण गरिएको प्रोटेक नेपालका चितवन संयोजक तथा रोट्रयाक्ट क्लब अफ चितवनका उपाध्यक्ष प्रभास रोयले जानकारी दिए ।
यसअघि पनि प्रोटेक नेपालले रोटरी चितवन संग सहकार्य गरी आखा अस्पतालमा समेत सामग्री वितरण गरेको थियो ।
साथै देशैभरी १५ हजार फेस शिल्ड वितरण गरिएको प्रोजेक्टका प्रमुख डा. रोशिना थापाले जानकारी दिईन ।
साथै आर्थिक सहयोग आए रेडजोनमा अझै सहयोग गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिईन ।
कार्यक्रममा बोल्दै अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले अस्पतालले वर्तमान विषम परिस्थितिमा आफू र आफ्नो टिमले अहोरात्र खटिएर काम गरेको र हाल कोभिड १९ संक्रमित मात्र ३ चिकित्सक संगै अन्य बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत डा. सुप्रभात श्रेष्ठ मेडिकल कलेजले आफ्नो सम्पूर्ण तयारी गरी कलेजमा बिरामीको उपचार भइरहेको र बिरामीको अवस्था बारे आफै प्रत्येक क्षण जिल्लाका सम्पूर्ण सरोकारवाला सँग समन्वय गरिरहेको बताए ।
कार्यक्रममा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा.मनोहर प्रधान र प्रमुख कार्यकारी अधकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पिया, दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख राजन पिया , पूर्व अध्यक्ष चर्द्रमण श्रेष्ठ, सरद गोपाल न्यान्छो, उत्तम लाल चुके, मनोज बर्नवला साथै रोट्रयाक्ट क्लब अफ चितवनका अध्यक्ष रोशन खरेल, उपाध्यक्ष प्रभास रोय, सदस्य डा.विकास साहको उपस्थिति रहेकोे थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु