काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पिसिआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका संक्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको गौतमले जानकारी दिए ।
उनले भने, ‘यही १० दिनमा संक्रमण पुनः देखिएमा १४ दिनभित्र पिसिआर परीक्षण नगरिकन डिस्चार्ज गर्न प्रदेश मन्त्रालयलाई र सबै कोभिड–१९ अस्पतालाई निर्देशन पुनः दिइएको छ ।’
मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका संक्रमितका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमले १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिएका छन् ।
नेपालमा अहिलेसम्म ३४ हजार ४ सय १८ जना संक्रमित फेला परेकोमा १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने १९ हजार ५ सय ४ जना निको भएर घर फर्किसकेका र १ सय ७५ जनाको संक्रमणको कारणले निधन भइसकेको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु