पोखरामा कोरोनाबाट मृत्यु भएकी महिलाको ठेगाना पोखरा वडा नं. ११ नभएको त्यहाँका वडाअध्यक्ष मोहनप्रसाद बाँस्तोलाले स्पष्ट पारेका छन् ।
उनले भनेका छन् – ‘प्रवाह भएको सूचना गलत छ । मृतक महिला वडा नं. १२ मार्फा थकाली समाजको आडमा घर भएकी महिला हुन् । उनी हाम्रो वडाकी होइन ।’ पोखरामा विहीबार कोरोना संक्रमणका कारण तेस्रो व्यक्तिको ज्यान गएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमान्चल) अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्ती जारी गर्दै महिलाको ठेगाना पोखरा ११ भएको जानकारी दिएका थिए ।

मृत्यु भएकी ३२ वर्षीया महिला दीर्घ रोगी थिइनन् । तर उनी पछिल्लो समय निमोनियाबाट ग्रसित थिइन् । उनको कुनैपनि ट्राभल हिष्ट्री पाइएको छैन । उनी साइ अर्चना, मणिपाल, कास्की सेवा हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष कक्षमा पगेकी थिइन् । यसअघि सेवा हस्पिटलमा कोरोना भाइरसबाटै भदौ १ गते ज्यान गुमाउने तनहुँकी महिलासँगै एउटै वार्डमा उनी बसेको खुलेको छ । त्यसपछि स्वाब परिक्षण गर्दा सेवा हस्पिटलका एक जना नर्स र आज मृत्यु हुने महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । केन्द्रमा यस अघि कोरोना संक्रमित पोखरा – १६ का ८७ वर्षीय बृद्ध र पोखरा (१९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्याङजाका २ संक्रमित पुरुषको समेत केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।
यस बाहेक पोखराको कास्की सेवा हस्पिटलमा उपचाररत तनहुँ की ५० वर्षीया महिलाको पनि भदौ २ गते कोरोनाका कारण मृत्यु भएको थियो । पोखरामा ३ र गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?