तनहुँको बेलटारीबाट कौडा खेलिरहेको अवस्थामा रिसोर्ट संचालकसहित ९ जना पक्राउ

तनहुँको बेलटारीबाट कौडा खेलिरहेको अवस्थामा रिसोर्ट संचालकसहित ९ जना पक्राउ

Kauda Pakrau

तनहुँ । तनहुँको व्यास-११ को बेलटारीमा काैडा खेली रहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले केही रकमसहित ९ जनालाई बुधबार राती करिब ११ बजेको समयमा पक्राउ गरेको हो । बेलटारीमा रहेको घासिकुवा रिसोर्टमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले काैडा खेलाउने रिसोर्ट संचालकसहित ९ जना लाई पक्राउ गरि जुवा सम्बन्धि कसुरमा ७ दिन म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सेनाले जानकारी दिए ।

१६ थान कौडा र रकम भने सानो मात्रामा भेटिएको डीएसपी तिमल्सेनाले बताए ।

जिल्लाका जुनसुकै स्थानबाट जुवा सम्बन्धि सुचना दिए पक्राउ गरी कारबाही गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ