पोखरा । नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने भएको छ ।
विगतका वर्षमा झैँ यो वर्षमा पनि गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट युवा-युवतीहरुलाई सहभागी हुने भएका छन् । असल शासन (गुड गर्भनेन्स) विषयमा विशेष कार्यक्षेत्र बनाई सम्मेलन आयोजना हुँदैछ ।
निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई आयोजना गर्न सम्मेलन लागेको नेपाल युवा परिषद गण्डकीले जनाएको छ ।
प्रदेश युवा सम्मेलन अगष्ट २८ र २९ , २०२० अर्थात भदौ १२ र १३, २०७७(शुक्रबार र शनिबार) भर्चुअल रुपमा चल्नेछ ।
कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको नेपाल युवा परिषद गण्डकीकी संयोजक मोनिका रानाभाटले बताईन ।
२ दिनसम्म चल्ने सम्मेलनमा २१५ जनाभन्दा बढी युवाहरुको सहभागिता रहनेछ जसमा ११ जिल्लाका र भिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेको र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुने आयोजकले बताएको छ ।
सम्मेलनमा निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई विभिन्न विज्ञहरुबाट प्रस्तुति गरिनेछ ।
नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने विश्वास आयोजकले लिएको छ ।
साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी वर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ ।
केहिसमय अघि मात्रै नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन २०२० नेपालभरका युवाको भर्चुअल उपस्थितिमा जुम मार्फत सम्पन्न गरिसकेको छ । त्यस्तै केहि प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ भने केहिमा हुँदैछ ।
सम्बन्धित खबर
लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९ जना चालक पक्राउ
लामो समयदेखि जरिवाना भुक्तान नगरेका फरार तीन व्यक्ति एकैदिनमा पक्राउ
पुतलीबजारमा कपडा बैंकको तयारी
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?