पोखरा । नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुने भएको छ ।
विगतका वर्षमा झैँ यो वर्षमा पनि गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट युवा-युवतीहरुलाई सहभागी हुने भएका छन् । असल शासन (गुड गर्भनेन्स) विषयमा विशेष कार्यक्षेत्र बनाई सम्मेलन आयोजना हुँदैछ ।
निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई आयोजना गर्न सम्मेलन लागेको नेपाल युवा परिषद गण्डकीले जनाएको छ ।
प्रदेश युवा सम्मेलन अगष्ट २८ र २९ , २०२० अर्थात भदौ १२ र १३, २०७७(शुक्रबार र शनिबार) भर्चुअल रुपमा चल्नेछ ।
कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको नेपाल युवा परिषद गण्डकीकी संयोजक मोनिका रानाभाटले बताईन ।
२ दिनसम्म चल्ने सम्मेलनमा २१५ जनाभन्दा बढी युवाहरुको सहभागिता रहनेछ जसमा ११ जिल्लाका र भिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेको र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुने आयोजकले बताएको छ ।
सम्मेलनमा निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई विभिन्न विज्ञहरुबाट प्रस्तुति गरिनेछ ।
नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने विश्वास आयोजकले लिएको छ ।
साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी वर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ ।
केहिसमय अघि मात्रै नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन २०२० नेपालभरका युवाको भर्चुअल उपस्थितिमा जुम मार्फत सम्पन्न गरिसकेको छ । त्यस्तै केहि प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ भने केहिमा हुँदैछ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार