पोखरामा २ जना पर्यटक प्रहरी सहित ५ जनामा कोरोना पुष्टि, गण्डकीमा २०२५ पुगे संक्रमित

पोखरामा २ जना पर्यटक प्रहरी सहित ५ जनामा कोरोना पुष्टि, गण्डकीमा २०२५ पुगे संक्रमित

Pokhara valleyy

पोखरा – गण्डकीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पताल केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका २० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमितहरु कास्की, तनहुँ, लमजुङ र नवलपुरका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -१६ का ६८ र ५२ वर्षीय पुरुष, पोखरा -१७ का २९ र २८ वर्षीय पुरुष र पोखरा -३० का ५० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमित मध्ये पोखरा -१६ का संक्रमितहरु फिस्टेल अस्पतालले कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । पोखरा १७ का दुई संक्रमितहरु पर्यटक प्रहरी हुन् भने, अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका -१२ का २२ वर्षीय पुरुष, शुक्लागण्डकी -५ का ४२ वर्षीय पुरुष र ब्यास नगरपालिकाका -३ का ३८ र ३९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यता लमजुङको मर्स्याङदी गाउँपालिका -४ का ३१ वर्षीया महिला र बेसीशहर नगरपालिका -८ का २७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनी हालसालै भारतबाट आएका हुन् ।

यस्तै नवलपुरको गैंडाकोट नगरपालिका -८ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी कलेज अफ मेडिकल साइन्स भरतपुर चितवनमा कार्यरत चिकित्सक हुन् ।

बिनय त्रिबेणी गाउँपालिका-४ का १७,४० ६१, ६७ वर्षका महिला र सोही वडाका २० र ६२ वर्षका पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

यसबाहेक नवलपुरकै देवचुली नगरपालिका -१५ र १६ का क्रमश ५० वर्षीया महिला र ३० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २०२५ पुगेको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लगिसकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ