पोखरा – कास्की प्रहरीले चोरी गर्ने दुई जनालाई सामान सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा -१२ बस्ने वर्ष २३ का सन्तोष लामिछाने र वर्ष २० की रोशनी थापा मगर ‘लामिछाने’ रहेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरु श्रीमान श्रीमती हुन् ।
हमालका अनुसार उनीहरुले गत भाद्र १० गते रातको समयमा पोखरा महानगरपालिका -१३ गौंडाकोमुख स्थित जयगङ्गामार्ग घर भइ हाल अष्ट्रेलिया बस्दै आएका ठाकुर प्रसाद पोखरेलको दुईतल्ले घरको चावी फोडेर घरभित्र रहेका ४२ इन्चको एलजी स्मार्ट टिभी १ थान, क्यानन क्यामारा १ थान, मोवाइल १ थान सहित कुकर, भाडावर्तन, लत्ताकपडा समेत गरी अन्दाजी एक लाख पन्चानब्बे हजार पांच सय पचास बराबरको सामान चोरी गरेका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले चोरी गरेका सामान सहित गत भाद्र ११ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका मुद्दा कसुरमा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा