तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह मुद्दाका फरार व्यक्तिलाई ९ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले उक्त मुद्दामा भिमाद नगरपालिका-२ स्थायी घर भई हाल व्यास नगरपालिका-५ बस्ने बर्ष ३२ की हरीमाया नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी नेपाली उपर तनहुँ जिल्ला अदालतको २०६८ असार २८ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना गरी सजाय सुनाएकोमा उक्त फैसला पश्चात उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेकी र निजको खोजतलास गर्ने क्रममा उनलाई गत बिहीबार दिउँसो उनकै घर वतनमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
नेपालीलाई कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय कास्की पठाएको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलाई तीब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण