पोखरा – आइतबार बिहानै पोखराका तीन सहित गण्डकीमा पांच जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला कास्की र नवलपुरमा गरी कूल पांच जना कोरोना संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -७ का ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषका साथै पोखरा -८ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा नवलपुर कावासोती २ का २१ वर्षीया युवती र मध्यविन्दु ४ का २० वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुगेको छ ।
नवलपुरका पुरुष संक्रमितको मृत्यु
गण्डकीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बिनयत्रिबेणी गाउँपालिका -६ का ६२ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।
पछिल्लो चार दिन यता गण्डकीमा लगातार कोरोना संक्रमित मृत्यु भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते