काठमाडौँ – भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला फेरि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।
झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको छ। झडपमा के कति हताहती भयो भन्नेबारे अहिलेसम्म केही पनि खुलाइएको छैन । भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन्।
यसअघि जुन १५ मा लद्दाखकै गलवान क्षेत्रमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुबै मुलुकका सेनाले सीमा क्षेत्रमा तैनाथी बढाएका थिए । चिनियाँ सेनाले हिमाली क्षेत्रमा अत्याधुनिक हतियारसहित सैन्य अभ्यास गरेको सार्वजनिक भएको थियो भने भारतीय सेनाले जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएको थियो ।
१३४ किलोमिटर लामो प्याङ्गोङ ताल ६०४ वर्ग किलोमिटर क्षेत्रफलमा तिब्बतदेखि भारतीय क्षेत्रसम्म फैलिएको छ। उक्त तालको दुई तिहाई हिस्सामा आफ्नो नियन्त्रणमा राखेको चीनले अतिक्रमण आफ्नो क्षेत्रमा पनि अतिक्रमण गर्न खोज्दा विवाद हुँदै आएको भारतीय दाबी छ । उक्त तालको ४५ किलोमिटर पश्चिमी भाग भारतको नियन्त्रणमा छ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’