तनहुँमा जीप चालकमा कोरोना, पर्वतमा १ संक्रमित थपिए

तनहुँमा जीप चालकमा कोरोना, पर्वतमा १ संक्रमित थपिए

jeep

पोखरा । गण्डकी प्रदेशमा मंगलबार दिउँसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले मंगलबार दिउँसो तेस्रो विज्ञप्ति मार्फत प्रदेशको पर्वत र तनहुँमा एक-एक जना संक्रमित थपिएको जनाएको हो ।

तनहुँमा संक्रमण पुष्टि हुनेमा आबुखैरेनी ३ का २९ वर्षीय जिप चालक हुन् । पर्वतमा संक्रमित हुनेमा कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका जलजला-७ का ३७ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ