तनहुँका डोजर व्यवसायीमा कोरोना संक्रमण पुष्टि

तनहुँका डोजर व्यवसायीमा कोरोना संक्रमण पुष्टि

Dozer

तनहुँ । तनहुँमा नयाँ एक जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको दोस्रो विज्ञप्ती अनुसार तनहुँको व्यास-६ का २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टिभएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा व्यास-६ का पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित अहिले पोखरा महानगरपालिका अमरसिंह चोकमा बसोबास गरिरहेका छन् । संक्रमित पुरुष डोजर व्यवसायमा संलग्न रहेका छन् ।

उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेड क्लिनिकमा आफ्नो नमुना परिक्षण गराएका हुन् । उनलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बुधबार नै तनहुँको शुक्लागण्डकी नगरपालिका-१ की २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफ नर्स हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ