तनहुँ म्याग्देकी ९२ वर्षीया वृद्धाको मृत्यु, मृतकलाई कोरोना पुष्टि

तनहुँ म्याग्देकी ९२ वर्षीया वृद्धाको मृत्यु, मृतकलाई कोरोना पुष्टि

corona died

सांकेतिक तस्विर

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-१ स्थायी निवासी ९२ वर्षीय वृद्धाको मृत्यु भएको छ ।

हिजो बुधबार शसस्त्र प्रहरी अस्पताल काठमाण्डौमा उपचारको क्रममा वृद्धाको मृत्यु भएको हो ।

दम, मुटु तथा मृगौलाको समस्याको उपचार गराईरहेकी वृद्धालाई कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३१२ (१ मृत्यु समेत) पुगेको छ ।

साथै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १७६६ (निको हुने दर ७६.३८%) रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ