पोखरा – शुक्रबार पोखरामा एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ८ वडाका १६ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखरा १२ का २८ वर्षीया महिला, पोखरा १० का २३,२४ र २६ वर्षका पुरुष, पोखरा २७ का १८ र ४७ वर्षका पुरुष, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा ५ का ५० वर्षीय पुरुष, पोखरा ३० का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने पोखरा १५ मा नेपाल प्रहरीमा कार्यरत २६, ३१, २८, २९, २६, २९ र २७ वर्षका गरी ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले पुष्टि गरेको छ ।
पोखरामा आज संक्रमण पुष्टि भएका मध्ये दुई जना महिला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे’ क्लिनिकमा कोरोना परीक्षण गर्न आएका हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
यस बाहेक आज नै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँका २, लमजुङका ३, स्याङ्गजाका १ र नवलपुरका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ । संक्रमित सबैलाई सम्बन्धित आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ