पोखरा महानगरपालिकाका १ जनासहित गण्डकी प्रदेशमा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय गण्डकीले आज जारी गरेको दोस्रो विज्ञप्ती अनुसार पोखराको वडा नम्बर ५ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नवलपरासीका (ब.सु.पू) का २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा तथा अन्य प्रदेशमा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरका २४ जनालाई एकैपटकमा पुष्टि भएको हो ।
यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गोरखाका १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का ९ महिला सहित ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । जिल्लाको अजिरकोट गाउँपालिकाका १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन । संक्रमित व्यक्ति भारतबाट आएको बताइएको छ ।
कोरोना भाइरस संक्रमित हुनेमा जिल्लाको गैंडाकोट नगरपालिका, कावासोती, देवचुली तथा विनयत्रिवेणीका रहेका छन् ।
यसैगरी, मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको भीरकोट नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ३ सय ९७ पुगेको छ । आज बिहानै पनि प्रदेशमा पोखरामा १६ सहित ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’