पोखरा – पोखरा महानगरका २२ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको शनिबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ९ वडाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ७ का १३ वर्षका युवक र १४ वर्षीया युवती, पोखरा १७ का २५ वर्षीय पुरुष, पोखरा १५ का २८ र ४५ वर्षका पुरुष, पोखरा ६ का ३० वर्षीय पुरुष र ३७ वर्षीया महिला, पोखरा १४ का ४१ र ४४ वर्षका पुरुष, पोखरा २४ का ३१ वर्षीय पुरुष, पोखरा १६ का १७ वर्षीय युवक सहित ५२ र ४८ वर्षका पुरुष र १७ वर्षीया युवती लगायत २४, ३७, ४२, ४९ र ६६ वर्षीया महिला र पोखरा १० का ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पश्चिमान्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा कार्यरत २ जना २५ र २९ वर्षीया महिला कर्मचारीको परीक्षण रिपोर्ट पनि पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका मध्ये पोखरा १७ का २५ वर्षका पुरुष सहित पोखरा १५ का २८ वर्षीय पुरुष, पोखरा १४ का ४१ र ४४ वर्षीय पुरुष र पोखरा २४ का ३१ वर्षीय पुरुष हालै भारत भारतबाट आएका हुन् भने, पोखरा १६ का ५२ वर्षीय संक्रमित पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी रहेका छन् ।
आज संक्रमण पुष्टि भएका मध्ये भारतबाट आएका बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् । उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?