पोखरा – पोखरा महानगरका २२ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको शनिबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ९ वडाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ७ का १३ वर्षका युवक र १४ वर्षीया युवती, पोखरा १७ का २५ वर्षीय पुरुष, पोखरा १५ का २८ र ४५ वर्षका पुरुष, पोखरा ६ का ३० वर्षीय पुरुष र ३७ वर्षीया महिला, पोखरा १४ का ४१ र ४४ वर्षका पुरुष, पोखरा २४ का ३१ वर्षीय पुरुष, पोखरा १६ का १७ वर्षीय युवक सहित ५२ र ४८ वर्षका पुरुष र १७ वर्षीया युवती लगायत २४, ३७, ४२, ४९ र ६६ वर्षीया महिला र पोखरा १० का ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पश्चिमान्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा कार्यरत २ जना २५ र २९ वर्षीया महिला कर्मचारीको परीक्षण रिपोर्ट पनि पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका मध्ये पोखरा १७ का २५ वर्षका पुरुष सहित पोखरा १५ का २८ वर्षीय पुरुष, पोखरा १४ का ४१ र ४४ वर्षीय पुरुष र पोखरा २४ का ३१ वर्षीय पुरुष हालै भारत भारतबाट आएका हुन् भने, पोखरा १६ का ५२ वर्षीय संक्रमित पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी रहेका छन् ।
आज संक्रमण पुष्टि भएका मध्ये भारतबाट आएका बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् । उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
सम्बन्धित खबर
पृथ्वीचोकमा बसबाट झर्नासाथ तानातान गरेर हैरान पारेको आरोपमा ७ जना पक्राउ
पोखराको प्राइम सहकारी ठगी कसूरमा थप एक पक्राउ
पोखरा ६ मा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता
रामघाटबाट ड्रग्ससहित तीन युवक पक्राउ
चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा हुँदै
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग