पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल सङ्ख्या २४४७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय पोखराको शनिबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका ५ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कास्की, बाग्लुङ, स्याङ्गजा, नवलपुर र लमजुङका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका ९ वटा वडाका २२ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बाग्लुङको तीनवटा स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ का २६ वर्षीया महिला, बडिगाड गाउँपालिका १ का २७ वर्षीय पुरुष र बाग्लुङ नगरपालिका २ का २९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
उता स्याङ्गजाको गल्याङ नगरपालिकाका ३८ वर्षीय पुरुष (वडा नखुलेको) को रिपोर्ट पनि कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै नवलपुरको हुप्सेकोट गाउँपालिका ३ का २८ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै लमजुङको बेसीशहर नगरपालिका ९ का ४१ र ३४ वर्षीय पुरुष, बेसीशहर ७ की १० महिने शिशु, बेसीशहरकै (वडा नखुलेका) ३०, ३७, ७५ वर्षका पुरुष र २३, ३२ र ६५ वर्षीया महिला, बेसीशहर ८ का २९ र ४८ वर्षका पुरुष, (वडा नखुलेको) २ जना ३० र ४५ वर्षका महिला र जिल्ला अस्पताल लमजुङ बेसीशहरमा उपचाररत बिरामी ३८ र ६२ वर्षका पुरुष र २८ र ४५ वर्षीया महिला गरी ४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा