पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल सङ्ख्या २४४७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय पोखराको शनिबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका ५ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कास्की, बाग्लुङ, स्याङ्गजा, नवलपुर र लमजुङका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका ९ वटा वडाका २२ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बाग्लुङको तीनवटा स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ का २६ वर्षीया महिला, बडिगाड गाउँपालिका १ का २७ वर्षीय पुरुष र बाग्लुङ नगरपालिका २ का २९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
उता स्याङ्गजाको गल्याङ नगरपालिकाका ३८ वर्षीय पुरुष (वडा नखुलेको) को रिपोर्ट पनि कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै नवलपुरको हुप्सेकोट गाउँपालिका ३ का २८ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै लमजुङको बेसीशहर नगरपालिका ९ का ४१ र ३४ वर्षीय पुरुष, बेसीशहर ७ की १० महिने शिशु, बेसीशहरकै (वडा नखुलेका) ३०, ३७, ७५ वर्षका पुरुष र २३, ३२ र ६५ वर्षीया महिला, बेसीशहर ८ का २९ र ४८ वर्षका पुरुष, (वडा नखुलेको) २ जना ३० र ४५ वर्षका महिला र जिल्ला अस्पताल लमजुङ बेसीशहरमा उपचाररत बिरामी ३८ र ६२ वर्षका पुरुष र २८ र ४५ वर्षीया महिला गरी ४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते