पोखराको बेगनासतालमा चितवनका एक पुरुषको शव फेला

पोखराको बेगनासतालमा चितवनका एक पुरुषको शव फेला

begnas (1)

फाइल तस्वीर

पोखरा – पोखराको बेगनासतालमा तैरिरहेको अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृतक चितवन कल्याणपुर घर भइ हाल पोखरा महानगरपालिका -३० बस्दै आएका वर्ष ३१ का विनोद राना मगर रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार पौडी खेल्न जान्छु भनेर कोठाबाट हिँडेका मगर घर फर्केर नआएपछि खोजतलास गरिएकोमा आज शनिबार अन्दाजी ११:३० बजेको समयमा बेगनासतालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको हो ।

पोखरामा मजदुरको काम गर्दै आएका उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds