लायन्स क्लब अफ पोखरा आखिझ्यालद्वारा हेम्जामा वृक्षरोपण

लायन्स क्लब अफ पोखरा आखिझ्यालद्वारा हेम्जामा वृक्षरोपण

received_3573828882627801

पोखरा । लायन्स क्लब अफ पोखरा आखिझ्यालले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबको पहिलो कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम गरेको क्लबले जनाएको छ ।

कार्यक्रमका सभापति क्लबका अध्यक्ष दुर्गा सुबेदी रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि लायन्स डिस्ट्रीक ३२५ बी १ का पुर्ब क्याबिनेट सेक्रेटरी तथा हाल चिफ एड्भाईजर चण्डीप्रसाद अर्याल रहेका थिए ।

क्लबले पोखरा-२५ हेम्जाको दिब्यदृष्टी खेल मैदानमा विभिन्न प्रजातिका २० वटा बिरुवाहरु रोपेर उक्त बिरुवाहरुको सरक्षणको लागि १० थान फलामको स्टेन्ड समेत राखेको छ ।

कार्यक्रममा क्लबका एक्सटेन्सन चियरपर्सन डिस्ट्रीक ३२५ बी १ का रिजनल चियरपर्सन मोहन सुबेदि, डिस्ट्रीक ३२५ बी १ का जोन चियरपर्सन गोबिन्द देबकोटा, तथा दिब्यदृष्टी क्लब पोखरा २५ हेम्जाका अध्यक्ष मनोज कार्की लगाएतको उपस्थिति रहेकोे थियो ।

कार्यक्रमको संचालन क्लबका सचिव जगत पौडेलले गरेका थिए भने धन्यवाद क्लबका प्रथम उपाध्यक्ष दयाराम सापकोटाले गरेक थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ