साथीको बर्थडे मनाएर फर्किँदा पोखरामै किशोरी बलात्कृत, ट्याक्सी ड्राइभर भलामका खत्री पक्राउ

साथीको बर्थडे मनाएर फर्किँदा पोखरामै किशोरी बलात्कृत, ट्याक्सी ड्राइभर भलामका खत्री पक्राउ

ganesh-khatri-arrested

पोखरामा एक किशोरी बलात्कृत भएकी छिन् । शनिबार राति साथीको जन्मदिन मनाएर जंगलको बाटो फर्कँदै गर्दा १८ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २० भलामका ३५ वर्षीय गणेश खत्री रहेका छन् । कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार शनिबार राती अन्दाजी ८:४५ बजेको समयमा किशोरी एक्लै जंगलको बाटो हिँडिरहेका बेला धाकधम्की र डर देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा खत्री पक्राउ परेका हुन् ।

पेशाले ट्याक्सी ड्राइभर रहेका खत्रीलाई जबर्जस्ती करणी कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ