पोखरा – पोखरा महानगरमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य निर्देशनालयको सोमबार बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका ३१ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । पछिल्लो समय पोखरामा अस्पताल, बैंक तथा वित्तीय संस्था, प्रहरी कार्यालय लगायत उद्योग धन्दा जहाँ दिनहुँ दर्जनौं मानिसको आवतजावत हुने गर्दछ, ती स्थानमा संक्रमणको दर उच्च देखिएको छ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखराको मेडिसिटी अस्पतालमा उपचारत ७८ वर्षीय बृद्ध र ७३ वर्षीया बृद्धामा कोरोना पुष्टि भएको छ, भने पोखराको पृथ्बीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्षका दुई जना महिला स्वास्थ्यकर्मी र ३६ र २७ वर्षका दुई जना सहयोगी महिला कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
यस्तै पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फूड्समा कार्यरत २५ जनामा एकैपटक कोरोना संक्रमण देखिएको छ । २२ वर्ष देखी ४० वर्ष उमेर समुहका १७ जना महिला कर्मचारी र २२ देखी ४० वर्ष उमेर समुहका ८ जना पुरुष कर्मचारीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका सबै जना कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका व्यक्तिहरु हुन् । उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते