गोरखामा सोमबार थप १८ जनामा कोरोना पुष्टी

गोरखामा सोमबार थप १८ जनामा कोरोना पुष्टी

Corona Girl

गोरखामा सोमवार बिहानै थप १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकाका १६ जना र पालुङटार नगरपालिका २ सहित १८ जनामा संक्रमण पुष्टि भएको हो ।

गोरखा नगरपालिका वडा नं ७ का ३८, ९, ४५, १७, २८, २४ वर्षका पुरुष र २८, ८, ३१, ४, ४०, १२ वर्षका महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नं ८ का ५६ वर्षका पुरुष , गोरखा नगरपालिकाकै वडा खुल्न नसकेका ३०, २४ वर्षका पुरुष , २८ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नं ७ र ८ सदरमुकाममै पर्दछ ।

त्यस्तै पालुङटार नगरपालिका वडा नं १ का २७ वर्षका पुरुष र ६५ वर्षका महिला पनि संक्रमण पुष्टि भएको छ । सबैको कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेशले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

निर्देशनालयका अनुसार कास्कीमा ३१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १५, गोरखामा १८ र तनहुँमा ३ गरी गण्डकी प्रदेशमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ