१० दिनसम्म होम आइसोलेसनमा बसेका ७६ वर्षीय वृद्धको मृत्यु

१० दिनसम्म होम आइसोलेसनमा बसेका ७६ वर्षीय वृद्धको मृत्यु

corona death

मोरङ । बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा कोरोना संक्रमित ७६ वर्षीय वृद्धको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। विराटनगरस्थित कोभिड-१९ अस्पतालमा शनिबार भर्ना गरिएका वृद्धको सोमबार बिहान ३:३० बजे मृत्यु भएको छ ।

११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । उच्च रक्तचापबाट पनि पीडित वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो ।

दाहाल थरका वृद्धको मृत्यु भएसँगै बिराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।बिराटनगरमा आइसोलेसन बेड अभावमा संक्रमितहरु होम आइसोलसनमा बस्न बाध्य छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds