गण्डकीमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु

गण्डकीमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु

Gandaki Pradesh Map 3

नवलपुर – गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेश अन्तर्गत नवलपुरको देवचुली नगरपालिका वडा नं १ बस्ने ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ  ।

केही समय देखि मिर्गौला खराब भएर डाएलासिस गराइरहेको ती पुरुषको कोरोनाको परीक्षण गरिएकोमा गत भाद्र १९ गते पोजेटिभ रिपोर्ट आएको थियो । संक्रमणको लक्षण सहित खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई चितवनको भरतपुरस्थित कोरोना अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो  ।

अस्पतालमा उपचाररत रहंदा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटर सहित उपचारका सबै उपायहरु गर्दागर्दै मंगलबार साँझ ५:३० बजेको समयमा मृत्यु भएको थियो । मृतक ती पुरुषमा निमोनियाको संक्रमण पनि रहेको अस्पतालले जनाएको छ ।

मंगलबार मात्रै पोखरा १० कि एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ