सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १८ बर्षपछि पोखराको दोबिल्लाबाट पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १८ बर्षपछि पोखराको दोबिल्लाबाट पक्राउ

surendra-giri

पोखरा – सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १८ वर्ष पछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १७ दोबिल्ला बस्ने वर्ष ४२ का सुरेन्द्र गिरी रहेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

फरार गिरीलाई सवारी ज्यान मुद्धामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौंडाले २०५९ साल फागुन १२ गते ४ बर्ष ११ महिना ५ दिन कैद सजायको फैसला सुनाएको थियो ।

फरार गिरी बिरुद्ध चुडक बहादुर घिमिरेले दिएको जाहेरी आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले गिरीलाई बुधबार दोबिल्लाबाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता हमालले जानकारी दिए  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ