दमौलीमा हर्न बजाउन नपाइने: नो स्पिड, नो ओभरटेक नियम सुरु

दमौलीमा हर्न बजाउन नपाइने: नो स्पिड, नो ओभरटेक नियम सुरु

IMG_20200909_114932

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा आज बुधबारदेखी हर्न बजाउन नपाइने भएको छ ।

साथै नो स्पिड र नो ओभरटेक लगाएतका नियमहरु समेत सुरु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

यसैबीच तनहुँ ट्राफिकको उक्त कार्य लाई सहयोग पुर्‍याउन तनहुँ उद्योग वाणिज्य संघ एवं दमौली बजार इकाईले नियमसहितको सवारी साधन संकेत बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई हस्तान्तरण गरेका छन ।

उक्त बोर्ड दमौलीको मादी पुलदेखी बुल्दी पुल सम्म राखिने तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताए ।

उनले भने ‘बोर्ड मादी पुल नजिक, ट्राफिक कार्यालय नजिक, भोर्लेटार चोक र बुल्दी पुल नजिक राखिनेछ ।’

सो बोर्डमा नो स्पिड, तिब्र गतिमा सवारी नचलाऔ, नो ओभरटेक, ओभरटेक नचलाऔ, हर्न नबजाऔ लगाएतका नियम लेखिएको छ ।

बजार क्षेत्रमा कति स्पिडमा चलाउने भन्ने छिट्टै नै बोर्डमा लेखिने सभापति श्रेष्ठले बताए । ‘ध्वनि प्रदुषण कम गर्न नो हर्न लागू गरिएको हो ।’ श्रेष्ठले भने ‘बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण गर्न नो स्पिड र नो ओभरटेक नियम सुरु गरिएको हो ।’

कार्यक्रमको प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले ट्राफिक प्रहरीको सवारी व्यवस्थापन कार्यमा उद्योग वाणिज्य संघ सदैव साथमा रहेको बताए । साथै सामाजिक दुरी र सुरक्षाका उपाय अपनाएर व्यापार व्यवसाय सुरु गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

उद्योग वाणिज्य संघको सहयोगमा राखिएको सिसिटिभिले विभिन्न घटनाको अनुसन्धानमा सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले बताए ।

उनले भने ‘प्रविधिको प्रयोगले दोषीलाई कानुनी दायरामा ल्याउन र कारबाही प्रक्रिया अगाडी बढाउन सजिलो भएको छ ।’

सवारी साधन व्यवस्थापनमा नियमसहितको संकेत बोर्डले सहयोग पुर्‍याउने एसपी पौडेलले बताए ।

पृथ्वी राजमार्गको तनहुँ खण्ड मुग्लिनदेखी कोत्रे सम्म हुने सडक दुर्घटना न्यूनीकरणका लागी धेरै काम गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाट, व्यास-२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, व्यास-३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठ लगाएतको उपस्तिथिती रहेको थियो ।

कार्यक्रमको स्वागत तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र र संचालन संघका सचिव दधिराज घिमिरेले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds