तनहुँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

Corona Trot Swap

तनहुँ । तनहुँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिकाको १ जना र देवघाट गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

म्याग्दे-६ की ६० वर्षीया महिला, देवघाट गाउँपालिका-४ का ४२ वर्षीय पुरुष र देवघाट-५ का २७ वर्षीय पुरुषमा बुधबार कोरोना पुष्टि भएको हो ।

म्याग्दे गाउँपालिकाकी संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ