असोज १ गतेदेखि लामो तथा छोटो दुरीको यातायात सञ्चालन गर्न यातायात व्यवसायी तयार

असोज १ गतेदेखि लामो तथा छोटो दुरीको यातायात सञ्चालन गर्न यातायात व्यवसायी तयार

Bus Nepal

यातायात व्यवसायीहरुले असोज १ गतेबाट लामो दूरीका सवारी सञ्चालनमा ल्याउने भएका छन् ।असोज १ गतेबाट लामो दूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् ।

बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन् ।

छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्डलाई पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउँदा सबै कम्पनीका यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताउनुभयो ।

लकडाउनको समयमा ग्यारेजमा सवारी साधन थन्केका कारण यस बर्ष रुट परमिट लगायत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग व्यवसायीहरुले माग गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ