असोज १ गतेदेखि लामो तथा छोटो दुरीको यातायात सञ्चालन गर्न यातायात व्यवसायी तयार

असोज १ गतेदेखि लामो तथा छोटो दुरीको यातायात सञ्चालन गर्न यातायात व्यवसायी तयार

Bus Nepal

यातायात व्यवसायीहरुले असोज १ गतेबाट लामो दूरीका सवारी सञ्चालनमा ल्याउने भएका छन् ।असोज १ गतेबाट लामो दूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् ।

बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन् ।

छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्डलाई पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउँदा सबै कम्पनीका यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताउनुभयो ।

लकडाउनको समयमा ग्यारेजमा सवारी साधन थन्केका कारण यस बर्ष रुट परमिट लगायत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग व्यवसायीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ