तनहुँको भिमादमा थपिए ३ जना कोरोना संक्रमित

तनहुँको भिमादमा थपिए ३ जना कोरोना संक्रमित

Corona Positive

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा बिहीबार ३ कोरोना सङ्क्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भिमादका तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भिमाद नगरपालिका-१ का २८,२२ र २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँमा कोरोना संक्रमितको संख्या ३१२ जना पुगेको छ भने निको हुनेको संख्या २२४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ